spot_img

हेटौंडाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ

spot_img
spot_img

मकवानपुर,१२ माघ  । हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज उनीहरूलाई खैरो हेरोइनको धुलो कुल सात ग्राम २०० मिलिग्रामसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–२ का २१ वर्षीय विकास परियार, वडा नम्बर–४ का २१ वर्षीय विनोद ढुङ्गाना, वडा नम्बर–११ का २२ वर्षीय छिरिङ लो तामाङ, वडा नम्बर–१७ का २४ वर्षीय योएक्त प्रजा तथा प्रेमबहादुर प्रजा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ परेका पाँचैजनामाथि जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय