spot_img

५५ केजी गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

पर्सा, १२ माघ – पर्साको ठोरी गाउँपालिकाबाट ठूलो परिमाणको लागुऔषध गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका–४, विशालचोक निवासी ३४ वर्षीय सुरेश श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरेको हो। श्रेष्ठले आफ्नै एकतले घरमा लागुऔषध गाँजाको भण्डारण तथा बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ५ वटा पोकामा राखिएको कुल ५५ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रेष्ठमाथि लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतका अनुसार अवैध लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी तथा कारबाहीलाई थप कडा बनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय