Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

धरानमा हर्क साम्पाङविरुद्ध बालअधिकार उल्लंघनको उजुरी दर्ता

spot_img

धरान,१२ माघ । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लगाइएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनी सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धामा छन् ।

धरान नगर बाल सञ्जालले आइतबार (माघ ११) उनीविरुद्ध उजुरी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीमा साम्पाङमाथि कारबाहीको मागसहित उजुरी दर्ता गराइएको हो । आउँदो फागुन २१ गते हुने निर्वाचनलक्षित प्रचारका क्रममा प्रत्यक्ष रूपमा बालबालिकाको प्रयोग गरिएको सञ्जालको आरोप छ ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ । कानुनविपरीत चुनावी गतिविधिमा संलग्न गराइएको भन्दै बालअधिकारको गम्भीर उल्लंघन भएको जिकिर गरिएको छ ।

नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन गरी आचारसंहिता तथा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कारबाही प्रक्रिया अगाडि बढाइने बताए । उनका अनुसार, प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा बनाइएको समितिले उजुरी अध्ययन गर्नेछ र तालुक निकायमा पत्राचार गरिनेछ । घिमिरेले भने, “अनुगमनबाट बालबालिका प्रयोग गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उमेदवारी दर्ता समेत खारेज हुनसक्छ ।”

spot_img

ताजा अपडेट

लोकप्रिय