spot_img

सर्लाही पुगे गगन थापा

spot_img
spot_img

काठमाडौं,१२ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी अभियानका क्रममा सर्लाही पुगेका छन्। कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेसँगै उनको मधेश केन्द्रित अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सर्लाही प्रस्थान गर्नुअघि सार्वजनिक गरिएको भिडियो सन्देशमा सभापति थापाले आफू मधेश किन जाँदैछु भन्ने स्पष्ट पारे। उनले भने, “म मधेश जाँदै छु, किनकि म देश जोड्न चाहन्छु।” कांग्रेस परिवर्तन भएको र अब देश परिवर्तन गर्ने समय आएको दाबी पनि उनले गरे।

यसपटक थापा सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। आफू एक निर्वाचन क्षेत्रको मात्रै नभई सिंगो देशको प्रतिनिधि बन्ने आकांक्षा रहेको उल्लेख गर्दै उनले यसअघि प्रतिनिधित्व गरेको काठमाडौं क्षेत्र नम्बर–४ लाई पनि सधैँ मनमुटुमा राख्ने बताए।

सभापति थापाको स्वागतका लागि बारा, पर्सा, रौतहट र सर्लाहीसहित मधेशका विभिन्न जिल्लाबाट कांग्रेसका कार्यकर्ता बिहानैदेखि सिमरा विमानस्थलमा भेला भएका थिए। उम्मेदवारी दर्ताका दिन कार्यव्यस्तताका कारण सर्लाही पुग्न नसकेका थापाले वारेसमार्फत मनोनयन दर्ता गराएका थिए। आज भने उनी पहिलोपटक प्रत्यक्ष रूपमा आफ्नै निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्तासँग भेटघाट गर्न सर्लाही पुगेका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय