Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

नेपालगञ्जमा बालेन समर्थक सवार गाडीबाट खस्दा पाँच जना घाइते

spot_img

काठमाडौं,१२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुग्ने क्रममा उनका समर्थकहरू सवार एक गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्। घटना बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकको सडकखण्डमा भएको हो।

बालेन शाहको आगमनको जानकारी पाएपछि उनका समर्थकहरू राँझा विमानस्थल पुगेका थिए। सो क्रममा समर्थकहरू चढेको गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जानकारी दिएका छन्।

एसपी जिसीका अनुसार, “चार–पाँच जना समर्थक गाडीबाट खसेको भन्ने सूचना आएको छ। घटना विमानस्थलभित्रकै सडकमा भएको र गाडी तीव्र गतिमा नरहेकाले घाइतेहरू सामान्य अवस्थामा छन्।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन शाह रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका छन्। उनी झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका छन्। झापामा मनोनयन दर्ता गराएर पूर्वी पहाडी जिल्लाहरूको भ्रमणपछि काठमाडौं फर्किएका बालेन आज पश्चिम नेपालतर्फ चुनावी प्रचार–प्रसारका लागि प्रस्थान गरेका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय