Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

बारा–३ मा रास्वपाका उम्मेदवार साहले महागढीमाई मन्दिरमा चुनावी अभियान सुरु

spot_img

बारा, १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. अरविन्द साहले बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नो चुनावी अभियान महागढीमाई मन्दिरमा दर्शन गर्दै औपचारिक रूपमा सुरु गरेका छन्।

साह सफल उद्यमी तथा व्यवसायीका रूपमा परिचित छन्। उनी देशकै अग्रणी डिजिटल वालेट एप ‘खल्ती’ सञ्चालन गर्दै हजारौँ युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिसकेका छन्। यसपटक बारा–३ बाट उम्मेदवारी दर्ता गरेका साहले रोजगारी सृजना, स्वास्थ्य सेवा सुधार, शिक्षा सुधार र समग्र समृद्धिलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

अभियानको सुरुवातमा साहसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का दाजु कौशलेन्द्र शाह पनि उपस्थित थिए। मन्दिर दर्शनपछि स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै कौशलेन्द्र शाहले विकास, परिवर्तन र समृद्धिका लागि रास्वपालाई जिताउन आग्रह गरे। उनले बालेन्द्र शाहले तीन वर्षको कार्यकालमा विभिन्न चुनौती र अवरोधका बाबजुद काठमाडौँमा आमूल परिवर्तन ल्याएको उदाहरण दिँदै भने, “प्रधानमन्त्री बनेपछि देशले नै काँचुली फेर्नेछ।”

उम्मेदवार साहले पनि बाराको समृद्धिका लागि आफ्नो उम्मेदवारी जोड दिए। उनले भने, “इतिहासमा बारा जिल्लाको नाम सुवर्ण अक्षरमा लेखिएको थियो, तर अहिले यो धुमिल हुँदै गएको छ।”

साहले महागढीमाई मन्दिर क्षेत्रको विकासमा अहिलेसम्म ठोस योजना नआएकोमा दुःख व्यक्त गर्दै, मन्दिरको प्रचार–प्रसार, संरक्षण र यसलाई पर्यटकीय हबका रूपमा विकास गरी जिल्लाको आर्थिक उन्नतिमा योगदान दिन सकिने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय