spot_img

गौर भन्सार नाकाबाट औषधिसहित एक व्यक्ति पक्राउ

spot_img
spot_img

रौतहट,१३ माघ । गौर भन्सार कार्यालयको मुख्य ढाँटमा सशस्त्र प्रहरीले प्रतिबन्धित तथा उत्तेजक प्रकृतिका औषधिसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

सोमबार दिउँसो नियमित चेकजाँचका क्रममा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शङ्कास्पद रूपमा बोकेको झोला खानतलासी गर्दा ठूलो परिमाणमा औषधि फेला पारेपछि एक जनालाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार सशस्त्र प्रहरी वरिष्ठ हबलदार थिरबहादुर चौधरीको कमान्डमा खटिएको टोलीले राजपुर नगरपालिका–६ निवासी ३८ वर्षीय रामनारायण यादवलाई औषधिसहित पक्राउ गरेको हो।

यादवको साथबाट शरीरलाई उत्तेजक बनाउने जेनेग्रा रेड ६० पत्ता (२४० ट्याब्लेट), न्यूरोबियन ३०० ट्याब्लेट, क्याल्सियम सेन्ड्रम दुई बोतल, रुमाकोर्ट ४० ट्याब्लेट, डोलोजेसिक २०० ट्याब्लेट, ननफोर्स ८० ट्याब्लेट तथा ओस्टो क्याल्सियम दुई डिब्बा लगायतका औषधि बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म गौरका प्रमुख डिएसपी प्रेमसागर विष्टका अनुसार बरामद औषधिको अनुमानित मूल्य करिब ३७ हजार १४४ रुपैयाँ बराबर रहेको छ। उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद औषधि आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा औषधि तथा अन्य प्रतिबन्धित सामग्रीको अवैध ओसारपसार रोक्न नियमित जाँचलाई थप कडाइ गरिएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय