Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

बीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थ आयात बढ्दो

spot_img

बीरगन्ज,१३ । बीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ७५ करोड रुपैयाँले बढी हो।

बीरगन्ज  भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ८७ अर्ब ३१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व उठेको थियो।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले पेट्रोलियम पदार्थको आयातसँगै त्यसबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि देखिएको जानकारी दिए।

भन्सार तथ्यांकअनुसार चालु आवको छ महिनामा ४५ अर्ब ३८ करोड रुपैयाँ बराबरको डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, २० अर्ब ९८ करोड रुपैयाँ मूल्यको पेट्रोल आयातबाट १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठेको छ।

त्यसैगरी, १४ अर्ब ७९ करोड रुपैयाँ बराबरको एलपीजी ग्यास आयात हुँदा २ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

पेट्रोलियम पदार्थको बढ्दो आयातले औद्योगिक, व्यावसायिक तथा यातायात क्षेत्रको माग बढ्दै गएको संकेत गर्ने सरोकारवालाहरूको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय