Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

रौतहटमा धार्मिक सद्भाव बिगार्ने प्रयासप्रति प्रशासन गम्भीर, शान्ति कायम राख्न अपिल

spot_img

रौतहट,१३ माघ । रौतहटको परोहा नगरपालिका–१ स्थित रामपुरखाप गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा दुई समुदायबिच मनमुटाव सिर्जना गराउने प्रयास भएको घटनाप्रति जिल्ला प्रशासन कार्यालय रौतहटले गम्भीर चासो व्यक्त गर्दै शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी अपिलमा समुदायबिच उत्तेजना फैलाउने तथा आपसी असमझदारी पैदा गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनापछि राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय अगुवाहरूसँग छलफल गरी देखिएका समस्या समाधानतर्फ पहल भइरहेको प्रशासनले जनाएको छ।

सोमबार अपराह्न सरस्वती माताको मूर्ति विसर्जनका लागि जाँदै गरेको समूहलाई लक्षित गरी ढुङ्गा प्रहार भएपछि अवस्था तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार घटनामा तीन जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ६८ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो। घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुई समुदायबिच थप विवाद नहोस् भन्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो सङ्ख्यामा परिचालन गरिएको छ। हाल उक्त क्षेत्रमा पुनः तनाव उत्पन्न हुन नदिन बाक्लो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता, शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी अपिलमा राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, युवा, कर्मचारी, सुरक्षाकर्मी तथा सम्पूर्ण रौतहटवासीलाई अफवाहको पछि नलाग्न र शान्ति भङ्ग गर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन अनुरोध गरिएको छ।

उता रौतहट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार फिरदोस आलमले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्। उनले निर्वाचनको समयमा केही तत्वले साम्प्रदायिक तनाव सिर्जना गरी मतदातालाई प्रभावित पार्ने प्रयास गर्न सक्ने भन्दै घटनाको सूक्ष्म अनुसन्धान आवश्यक रहेको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय