spot_img

आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना

spot_img
spot_img

काठमाडौं,१३ माघ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) र बुधबार (भोलि) देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिएको छ। यसको प्रभावले सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम खालको हिमपात तथा वर्षा हुन सक्ने सम्भावना रहेको छ।

आज र भोलि विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, बाँकी भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको बताइएको छ।

यस किसिमको मौसमले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पार्न सक्ने भएकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, महाशाखाबाट दैनिक रूपमा जारी हुने अद्यावधिक मौसम पूर्वानुमानको जानकारी लिन पनि सबैलाई अनुरोध गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय