Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

बारा–४ मा त्रीपक्षीय प्रतिस्पर्धा तीव्र : किसान श्रेष्ठ, कांग्रेस र रास्वपा आमनेसामने

spot_img

बारा,१३ माघ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटक कडा र रोचक प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा १० हजारभन्दा बढी मतान्तरले विजयी भएका पूर्वमन्त्री किसान श्रेष्ठलाई यसपालि चुनावी मैदान सहज देखिँदैन। २०७९ सालमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको गठबन्धनबाट निर्वाचित श्रेष्ठ यसपटक भने एक्लै प्रतिस्पर्धामा उत्रिएका छन्।

क्षेत्रमा एमालेको परम्परागत संगठन बलियो भए पनि ‘जेनजी आन्दोलन’पछि पार्टीको जनाधार केही कमजोर भएको स्थानीयहरूको विश्लेषण छ। यता, नौ वर्षपछि आफ्नै चुनाव चिह्न ‘रूख’ लिएर मैदानमा उत्रँदा कांग्रेस कार्यकर्तामा उत्साह बढेको देखिन्छ।

यस निर्वाचन क्षेत्रमा किसान श्रेष्ठसँगै कांग्रेसका श्यामबाबु गुप्ता, नेकपा (माओवादी केन्द्र) का अजय कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी र लोसपा–जसपा गठबन्धनका सञ्जु साह प्रतिस्पर्धामा छन्। यस्तै, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ पनि उम्मेदवार बनेका छन्।

कुनै समय श्रेष्ठसँग व्यावसायिक साझेदारी गरेका पूर्व प्रहरी महानिरीक्षक खनाल अहिले ‘श्रेष्ठलाई हराउने अभियान’ लिएर घरदैलोमा सक्रिय रहेको एमाले निकट नेताहरूको टिप्पणी छ।
२०६४ सालका संविधानसभा सदस्य जयप्रकाश यादवका अनुसार बारा–४ मा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै उम्मेदवारबीच हुने सम्भावना बढी छ। उनका अनुसार रास्वपाको चर्चा सामाजिक सञ्जालमा देखिए पनि संगठनात्मक रूपमा पार्टी कमजोर देखिन्छ।

२०७९ को निर्वाचनमा बारा–४ मा समानुपातिकतर्फ एमालेले १४ हजार ७८८ मत ल्याएको थियो भने लोसपाले १० हजार ९११, माओवादी केन्द्रले ६ हजार ५६१, एकीकृत समाजवादीले ४ हजार ६९१ र रास्वपाले ६ हजार २५६ मत प्राप्त गरेका थिए। माओवादी केन्द्र र नेकपा एसको पुरानो जनाधार जोड्दा झण्डै ११ हजार मत रहे पनि उम्मेदवारप्रति कार्यकर्ताको उत्साह भने कमजोर देखिएको छ।

बारा–४ अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका तथा परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकाका ३८ वडा पर्दछन्। यीमध्ये प्रसौनी र परवानीपुरमा एमाले, जितपुरसिमरामा तत्कालीन माओवादी केन्द्र, विश्रामपुरमा लोसपा र फेटामा विवेकशील साझाले नेतृत्व गरिरहेका छन्।

२०७९ को चुनावमा एमाले उम्मेदवार एकवाल मियाँले २० हजार ३३६ मत ल्याउँदा किसान श्रेष्ठले ३० हजार ३४१ मत प्राप्त गरेका थिए। अघिल्ला तीन निर्वाचनलाई आधार मान्दै श्रेष्ठले बारा–४ मा एमालेको एक्लो मत २०–२५ हजारको हाराहारीमा रहेको दाबी गरेका छन्।

श्रेष्ठले आफूले बारा जिल्ला र मधेसका मुद्दा सडकदेखि सदनसम्म उठाएको दाबी गर्दै संघीयता र संविधानको रक्षा नै आफ्नो मुख्य एजेन्डा भएको बताएका छन्।
उता, कांग्रेस उम्मेदवार श्यामबाबु गुप्ता नयाँ अनुहार भए पनि युवामाझ लोकप्रिय मानिन्छन्। पार्टीभित्रको आन्तरिक संघर्षबीच टिकट पाएका गुप्ताले युवाको भावना समेटेर देश निर्माणको राजनीति गर्ने प्रतिबद्धता जनाएका छन्।

रास्वपाबाट उम्मेदवार बनेका रहबर अन्सारी यसअघि माओवादी केन्द्रबाट मधेस प्रदेशसभा सदस्य थिए। वीरगञ्ज निवासी अन्सारीलाई क्षेत्रको उत्तरी भेगमा राम्रो समर्थन देखिए पनि दक्षिणी क्षेत्रमा पार्टी कमजोर देखिन्छ। भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको उनको भनाइ छ।

पूर्व–पश्चिम राजमार्ग, बारा–पर्सा औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज तथा मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनसँग जोडिएको बारा–४ आर्थिक र रणनीतिक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ। कृषि, उद्योग र रोजगारीको सम्भावना बोकेको यस क्षेत्रमा सिँचाइ र औद्योगिक प्रदूषण भने मुख्य चुनौतीका रूपमा रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय