spot_img

समस्या राजनीतिक अस्थिरता र सामाजिक अराजकतामा छ : शंकर पोखरेल

spot_img
spot_img

काठमाडौँ,१३ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता नै मुख्य समस्या भएको बताएका छन्। उनले पपुलिजमले सरल उत्तर देखाएर जटिल समस्यालाई कमजोर बनाउने र एनार्किज्मले राज्य व्यवस्थालाइ नै विरोधीको रूपमा हेर्ने बताएका छन्।

पोखरेलले फेसबुकमा मंगलबार बिहान ‘आजको देशभक्तिको विषय’ शीर्षकमा पोस्ट गर्दै नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने, तथ्य र भावनालाई छुट्याउनुपर्ने, र असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्ने बताए।

उनले भने, “राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो, संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो। समस्या राजनीतिक अस्थिरतामा छ। सामाजिक अराजकतामा छ।”

पोखरेलले विश्वव्यापी रूपमा सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय अत्यन्तै संवेदनशील बनेको पनि उल्लेख गरेका छन्। उनको यो अभिव्यक्तिले राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासप्रति जोड दिन खोजेको देखिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय