बीरगन्ज,१३ माघ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।
समानुपातिकतर्फको दुई करोड ८ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा मतपत्र छपाइ भएको हो। समानुपातिकतर्फको मतपत्र छपाइ सकिए संगै प्रत्यक्षतर्फको सुरु भएको छ ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको हो । केन्द्रले यसअघि १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।



