spot_img

जगरनाथपुरको मसियानीमा नेपाली कांग्रेस क्षेत्र नं. ४ को क्षेत्रीय भेला आयोजना हुँदै

spot_img
spot_img

वीरगञ्ज, १३ माघ – पर्सा निर्वाचन क्षेत्र नं. ४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले आफ्नो चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन्। नेपाली कांग्रेस अब नयाँ शैली र ढङ्गबाट अगाडि बढ्ने बताउँदै उनले आफूलाई मत दिन मतदातासँग आग्रह गरेका छन्।

नेपाली कांग्रेसका समर्थक तथा आम मतदातासँग भलाकुसारी गर्दै नेता रिजालले यो स्थानीय निर्वाचन मात्र नभएको उल्लेख गरे। देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा यसलाई सही लयमा ल्याउन सक्ने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको उनले दाबी गरे।

देश संकटमा परेको बेला नेपाली कांग्रेसले पटक–पटक देशलाई निकास दिएको इतिहास ताजा रहेको उल्लेख गर्दै नेता रिजालले अब फेरि पनि नेपाली कांग्रेसले आफ्नो दायित्व बहन गर्नेमा ढुक्क रहन मतदातालाई आग्रह गरे। निर्वाचनमा उम्मेदवारी दर्ता गरेदेखि नै उनी आफ्ना क्षेत्रका कांग्रेस कार्यकर्ता तथा आम मतदातासँग निरन्तर भेटघाट गर्दै आएका छन्।

नेपाली कांग्रेस क्षेत्र नं. ४ ले आज दिउँसो जगरनाथपुर गाउँपालिका वडा नं. ५, मसियानी धर्मपुरमा चुनावी तयारी तथा रणनीतिबारे छलफल गर्न क्षेत्रीय भेला आयोजना गर्दैछ। भेलापछि चुनावी गतिविधि तथा घरदैलो कार्यक्रमलाई थप तीव्र बनाइने क्षेत्र नं. ४ का अगुवा नेताहरूले बताएका छन्।

क्षेत्रीय भेलामा नेपाली कांग्रेस क्षेत्र नं. ४ का सबै वरिष्ठ नेताहरू तथा जिल्ला तहका नेताहरूको समेत सहभागिता रहने नेपाली कांग्रेस पर्साले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय