spot_img

सप्तरी–३ : काका–भतिजा समान निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा

spot_img
spot_img

सप्तरी,१३ माघ । सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–३ मा एकै परिवारका काका–भतिजा फरक–फरक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। डाक्नेश्वरी नगरपालिका–५ निवासी पूर्व संविधान सभा सदस्य ताराकान्त चौधरी र उनका भतिजा अमरकान्त चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा छन्।

ताराकान्त काका हुन् भने अमरकान्त भतिजा हुन्। अमरकान्त, ताराकान्तका जेठो दाजु चन्द्रकान्त चौधरीका छोरा हुन्। ताराकान्त एमालेबाट उम्मेदवार छन् भने अमरकान्त रास्वपाबाट उम्मेदवार बनेका छन्। अमरकान्तले २०७९ मा डाक्नेश्वरी नगरपालिकाको मेयरमा लोसपाबाट प्रतिस्पर्धा गरेका थिए तर हार बेहोरेका थिए।

दुवैले चुनाव जित्ने दाबी गरेका छन्। चौधरी परिवार सप्तरीकै दानविर परिवारका रूपमा परिचित छन्। यस परिवारको योगदानमा पातो बजार, विद्यालय, स्वास्थ्य चौकी, कृषि भवन र डाक्नेश्वरी नगरपालिका भवन स्थापना भएका छन्।

सप्तरी–३ मा यसबाहेक जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेपाली कम्युनिष्ट पार्टीका अरुण कुमार साह, जनमत पार्टीका सुरेन्द्र शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्देश्वर साह, उज्यालो नेपालका प्रमेश्वर लाल साह, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्र कुमार मण्डल लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पुराना परिचित अनुहारसँगै नयाँ उम्मेदवार थपिएकोले यो क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ।

विगतका निर्वाचनको इतिहास हेर्दा, २०७४ मा चन्द्रकान्त चौधरी राजपा बाट २२,५८४ मतसहित विजयी भएका थिए, ताराकान्त तेस्रो स्थानमा रहे। चन्द्रकान्तको २६ पुसमा निधन भएपछि अमरकान्तले ६ माघमा उम्मेदवारी दर्ता गरेका हुन्।

ताराकान्तले यसपालि आफूविरुद्ध भतिजा अमरकान्त उत्रिएको भए पनि यसको असर नरहेको बताउँदै भने, “यसबाट मेरो उम्मेदवारीमा फरक पर्दैन।” सप्तरी–३ को विगत दुई निर्वाचनका तथ्यांक अनुसार, २०७४ मा ताराकान्त तेस्रो भए पनि २०७९ मा दिनेश कुमार यादव कांग्रेका उम्मेदवार निर्वाचित भएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय