Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

महेश बस्नेतले बालेनको ‘मधेसी छौरा’ टिप्पणीप्रति माफी मागे

spot_img

काठमाडाै,१३ माघ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भाषण गर्दा भनेको ‘मधेसी छौरा’का सन्दर्भमा आफूले गरेको टिप्पणप्रति क्षमा मागेका छन्। गत सोमबार रास्वपाले जनकपुरमा आयोजना चुनावी सभालाई सम्बोधनका क्रममा मैथिली भाषामा बोल्ने प्रयास गर्दै भनेका थिए, ‘मधेसी छौरा पीएम बन्ने वाला है।’

मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयमा केही व्यक्तिले गलत नियतले प्रचार गरेको भन्दै एमाले सचिव बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्।

‘बालेन भाइले ‘म मधेसको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेस, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैँ सम्मान गर्ने व्यक्ति हुँ। मैले नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु’, बस्नेतले लेखेका छन्, ‘यस क्रममा कसैलाई अन्जानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।’

spot_img

ताजा अपडेट

लोकप्रिय