Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

भरतपुरका वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध ६ करोड बढी भ्रष्टाचार मुद्दा दायर

spot_img

काठमाडौं,१३ माघ । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।

आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ । प्रचलित कानुन बमोजिम उक्त सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुवेदीलाई पनि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।

वैधानिक आयभन्दा कूल व्यय अधिक हुन गई स्रोत पुष्टि भएको नदेखिएकोले आचार्य र सुवेदी उपर मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आचार्य र उनका एकाघर परिवारका सदस्यहरूले वैधानिक रूपमा ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ आयआर्जन गरेको देखिएको छ । तर आयआर्जन तथा खर्च र बैंक मौज्दात मूल्यांकन गर्दा अस्वभाविक रूपमा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ सम्पत्ति बढी देखिन आएको आयोगको भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय