Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

चर्को ढुवानी भाडा असुलीको आरोपः रिलायन्स चिनी मिलविरुद्ध पर्साका उखु किसान आक्रोशित

spot_img

बीरगन्ज,१३ माघ । बारास्थित रिलायन्स चिनी मिलले उखु ढुवानीमा मनपरी भाडा असुलेर किसानलाई ठगिरहेको आरोप पर्साका उखु किसानहरूले लगाएका छन्। उखु उत्पादक किसान संघ पर्साका अनुसार उद्योगले यस वर्ष ढुवानी भाडा बढाएर किसानमाथि आर्थिक बोझ थपेको छ।

संघका सचिव पृथ्वी साहका अनुसार यस वर्ष पर्साबाट बारास्थित चिनी मिलसम्म उखु ढुवानीको भाडा प्रतिक्विन्टल ८० रुपैयाँ लिइँदै आएको छ। गत वर्ष प्रतिक्विन्टल ६५ रुपैयाँ रहेको भाडा एकैपटक १५ रुपैयाँले बढाइएपछि किसान मारमा परेको उनको भनाइ छ।

‘उद्योग व्यवस्थापनले आफ्नै मिलेमतोमा ढुवानी ठेकेदार खडा गरेर अतिरिक्त रकम असुली गरिरहेको छ,’ साहले आरोप लगाए। उनका अनुसार ८० रुपैयाँमध्ये ६७ रुपैयाँ मात्र ढुवानीकर्तालाई दिइने र बाँकी १३ रुपैयाँ उद्योग व्यवस्थापनले राख्ने गरिएको छ।

रौतहटको बाबा बैजुनाथ चिनी मिलले यस वर्ष पर्सामा काँटा सञ्चालन नगरेको अवस्थालाई अवसरका रूपमा प्रयोग गर्दै रिलायन्स चिनी मिलले मनपरी गरिरहेको किसानको गुनासो छ। उद्योग व्यवस्थापनले ढुवानी भाडामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने जवाफ दिँदै आएको भन्दै किसानहरूले त्यसलाई अन्यायपूर्ण भनेका छन्।

साहका अनुसार रिलायन्स चिनी मिलले मंसिर २९ देखि पर्साबाट उखु चलान सुरु गरे पनि पोखरिया क्षेत्रमा रहेको खरिद केन्द्रमा आवश्यक कर्मचारी तथा जेटीए नबस्दा किसान थप समस्यामा परेका छन्। यस वर्ष पर्सामा करिब ३ हजार ३ सय बिघामा उखु खेती गरिएको र यहाँबाट करिब ७ लाख क्विन्टल उखु उद्योगले पाउने अनुमान गरिएको छ।

संघले उद्योगको कथित ठगी र जिल्लाका सडकमा उखु बोक्ने सवारीसँग लिइने अवैध करको विरोधमा एक महिनाअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पनि हालसम्म ठोस निकास ननिस्किएको जनाएको छ।

यस्तै, उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहले रिलायन्स चिनी मिलले २०७४ सालदेखि संघलाई दिनुपर्ने प्रतिक्विन्टल १५ पैसाको योगदान रकम नदिएको आरोप लगाए। उक्त रकम संघको कार्यालय सञ्चालन, सडक मर्मतलगायतका काममा प्रयोग हुँदै आएको भए पनि वर्षौंदेखि रोक्का गरिएको उनको भनाइ छ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले उद्योग व्यवस्थापनलाई बोलाएर किसानसँग छलफल गराई समस्या समाधानको प्रयास भइरहेको बताए।

तर, रिलायन्स चिनी मिलका प्रबन्ध निर्देशक राजकुमार अग्रवालले किसानहरूले लगाएको आरोप अस्वीकार गरेका छन्। उनले गत वर्षकै दरमा नै ढुवानी भाडा लिइएको दाबी गर्दै उद्योगले यही वर्ष अप्रिल १५ सम्म उखु क्रसिङ गर्ने लक्ष्य लिएको बताए। उनका अनुसार हालसम्म करिब १० लाख टन उखु क्रसिङ भइसकेको छ भने यस सिजनमा कुल ३० लाख टन उखु क्रसिङ गर्ने योजना रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय