Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

बीरगन्ज–३२ मा जनमत पार्टीको घरदैलो अभियान

spot_img

बीरगन्ज,१३ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ को चोर्नी टोलमा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम गर्दै जनसमर्थन विस्तार गरेका छन्।

औद्योगिक नगरी वीरगन्जमै पर्याप्त उद्योग, स्रोत र सम्भावना हुँदाहुँदै पनि युवाहरू बेरोजगार भएर वैदेशिक रोजगारीतर्फ जानु वर्तमान शासन व्यवस्था र नेतृत्वको असफलता भएको सर्राफले आरोप लगाए। “कारखाना छन्, स्रोत छन्, तर काम छैन—यो गम्भीर असफलताको संकेत हो,” उनले भने।

सर्राफले आफू निर्वाचित भए पर्सा–१ का युवालाई रोजगारी तथा स्वरोजगारमा जोड्ने ठोस र परिणाममुखी कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार सीपमूलक तालिम, स्थानीय उद्योगसँग रोजगारीको सुनिश्चितता, उद्यमशीलता प्रवर्द्धन तथा युवामैत्री नीति लागू गरेर बेरोजगारी समस्याको समाधान गरिनेछ।

“अब पर्साका युवा रोजगारी खोज्न विदेश होइन, आफ्नै माटोमा भविष्य निर्माण गर्नेछन्,” उनले विश्वास व्यक्त गरे।

परिवर्तन र विकासका लागि जनमत पार्टी र ‘हर्न’ चुनाव चिन्ह नै उपयुक्त विकल्प भएको उल्लेख गर्दै उनले परिवर्तन चाहने सबै मतदातालाई जनमत पार्टीको पक्षमा एकजुट हुन आह्वान गरे।

कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भूपेन्द्र साह, सिए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, शिव यादवलगायतको उपस्थिति थियो। साथै स्थानीय युवा दिलिप पासवान, दिनेश हजरा, सरोज पटेलसहित सयौं स्थानीयको सहभागिताले अभियानलाई उत्साहपूर्ण बनाएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय