Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

बाराको परवानीपुरमा आमा-छाेराकाे हत्या,३ जना घाइते

spot_img

बारा,१४ माघ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समुहले आमा र छाेराकाे हत्या गरेकाे छ भने साेहि परिवारका अरु तीन जना घाइते पनि भएकाछन्।

३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीकाे टाउकाे काटेर हत्या गरिएको हाे।

प्रहरीका अनुसार बुधबार माघ १४ बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी उनिहरुकाे हत्या गरेकाे हाे। घटनामा मण्डल परिवारकै अन्य तीन जना समेत घाइते भएका छन्।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको भन्दै बारा प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय