spot_img

आचारसंहिता उल्लंघन बढेपछि सप्तरीमा अवैध प्रचार सामग्री हटाउन निर्देशन

spot_img
spot_img

जनकपुर,१४ माघ । सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राखिएका झण्डा, पोस्टर तथा अन्य प्रचार सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।

जिल्लाका विभिन्न स्थानमा आचारसंहिता उल्लंघन भइरहेको गुनासो बढ्दै गएपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारसँग छलफल गरी यस्तो निर्देशन जारी गरेको हो।

छलफलका क्रममा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले सबै राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गर्दै आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्री २४ घण्टाभित्र स्वयं हटाउन निर्देशन दिए। निर्धारित समयभित्र सामग्री नहटाइएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले चेतावनी दिए।

कार्यालयका अनुसार २४ घण्टा पछि अनुगमन समितिले जिल्लाका सबै स्थानमा निरीक्षण गर्नेछ र आचारसंहिता उल्लंघन गरिएको भेटिएमा सम्बन्धित दल वा उम्मेदवारविरुद्ध कारबाही थालिनेछ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले निर्वाचन आचारसंहिताअनुसार फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र प्रचारप्रसार सामग्री झुण्ड्याउन पाइने व्यवस्था रहेको जानकारी दिए।

उक्त छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय