spot_img

मधेशलाई आमा मानेर सेवा गर्नुपर्छ : सभापति थापा

spot_img
spot_img

काठमाडौँ,१४ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशलाई नेपाली कांग्रेसको जन्मभूमि भएको बताएका छन्। बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले भने, “मधेश कांग्रेसको जन्मभूमि हो। कांग्रेसलाई बनाएको, कांग्रेसलाई हुर्काएको र कांग्रेसलाई बलियो बनाएको यही धर्ती हो।”

उनले विगतका कमजोरी र गल्ती सुधार गर्ने संकल्पका साथ मधेश आएको बताए। “हामीले विगतमा थुप्रै गल्ती र कमजोरी गर्यौँ। ती गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएका हौँ,” थापाले बताए।

सभापति थापाले कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिए । “सिंगो मधेशको सम्मान र अधिकारको सवालमा थुप्रै नयाँ पार्टी आए। कसैलाई केही आरोप लगाउँदिन, तर कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्छ,” उनले उल्लेख गरे ।

थापाले यसपटक कांग्रेसले सभापतिलाई मधेशमा उम्मेदवार बनाएर पठाएको र सर्लाहीका चार क्षेत्रसहित मधेशका ३२ क्षेत्रबाट कांग्रेसका उम्मेदवारले समर्थन र सहयोगको अपेक्षा राखेको बताए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय