spot_img

बारा–४ मा नेकपाको अगुवा कार्यकर्ता बैठक सम्पन्न

spot_img
spot_img

वीरगन्ज,१४ माघ । बारा निर्वाचन क्षेत्र–४ अन्तर्गत प्रसौनी गाउँपालिकामा नेकपाले अगुवा कार्यकर्ता बैठक सम्पन्न गरी संगठन सुदृढीकरण र चुनावी तयारी तीव्र बनाएको छ।

प्रतिनिधि सभा उम्मेदवार अजय कुमार कुशवाहाले युवामैत्री, पारदर्शी र उत्तरदायी राजनीति अघि बढाउने प्रतिबद्धता जनाउँदै घर–घर पुगेर जनताको समस्या सुन्न र संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन दिए ।

बैठकमा ५०० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ र आर्थिक, जनपरिचालन तथा प्रचार–प्रसार उपसमितिहरू पनि बनाइएको छ। पार्टीले बारा–४ मा आगामी निर्वाचनमा सशक्त प्रतिस्पर्धा गर्ने तयारी सुरु गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय