spot_img

खराब मौसमका कारण एयर इन्डियाको दिल्ली–काठमाडौं उडान बनारस डाइभर्ट

spot_img
spot_img

काठमाडौं,१४ माघ । भारतको नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाको जहाज काठमाडौंमा प्रतिकूल मौसमका कारण बनारस (वाराणसी) विमानस्थलमा डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बिहान ९ः५० मा अवतरण गर्नुपर्ने उडान काठमाडौंमा भिजिबिलिटी कमजोर भएको कारण बनारस पठाइएको हो।

विमानस्थल स्रोतका अनुसार, अहिले काठमाडौंमा उडान–अवतरण सामान्य भएको छ, तर उडान चाप अझै बढी रहेको छ। डाइभर्ट गरिएको एयर इन्डियाको जहाज पनि अहिले काठमाडौंमा अवतरणका लागि मार्गमा रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय