काठमाडौँ,१४ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव)लाई यताउता भड्किन छोडेर नेपाली कम्युनिस्ट पार्टीमा फर्किन आग्रह गरेका छन्।
दाहालले विप्लव समूहबाट निस्केका नेताहरूलाई स्वागत गर्दै भने, “हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले ठूलो भूमिका पाउनुहुन्थ्यो। आज यताउता भड्किन कुनै आवश्यकता छैन।”
उनले चन्द राजनीतिक रूपमा जेन–जी आन्दोलनपछि ठूलो अवसर गुमाएको टिप्पणी गर्दै भने कि उनीविना पनि पार्टीको मूल उद्देश्य र एकता अगाडि बढ्ने छ। दाहालले चन्दप्रति कुनै घृणा वा आक्रोश नभएको स्पष्ट पारे र नेकपालाई विप्लव समूहको वास्तविक घर रहेको बताए।
उनले आगामी चुनावअघि एकताबद्ध भएर अभियानमा नजाने हो भने देश फेरि संकटतर्फ जान सक्ने चेतावनी समेत दिएका छन्।




