spot_img

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, भोलिदेखि तालिम सुरु

spot_img
spot_img

काठमाडौँ,१४ माघ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ जिल्लामा निर्वाचन प्रहरी छानिएको छ। यसपटक निर्वाचन प्रहरीमा २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार, आवेदकमध्ये ६१ जिल्लामा नतिजा प्रकाशन भइसकेको छ भने १६ जिल्लामा दरखास्त कम परेपछि पुनः आवेदन आह्वान गरिएको छ।

निर्वाचन प्रहरीलाई माघ १५ बाट १० दिने तालिम दिइनेछ र माघ २५ देखि उनीहरू फिल्डमा परिचालन हुनेछन्। यसपटक प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गर्ने योजना बनाएको छ।

सशस्त्र प्रहरीले पनि पहिलोपटक १५ हजार ११० जनालाई निर्वाचन प्रहरीको रूपमा भर्ना गर्दैछ। प्रारम्भिक छनोटपछि उनीहरूलाई सशस्त्र प्रहरीले तालिम दिनेछ।

निर्वाचन प्रहरीको तयारीका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको छ। प्रहरी प्रधान कार्यालयले आवेदन दिने सबैको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरेको छ, जसले अपराधमा संलग्न वा फरार व्यक्तिबारे जानकारी दिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय