spot_img

जनताको शासनका लागि घण्टी छापमा मतदान गर्न सुशील कुमार कानुको अपिल

spot_img
spot_img

वीरगन्ज्,१५ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बहुदरमाई नगरपालिका–२ स्थित बैरिया बिर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बिहीबार बिहान स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका छन् ।

घरदैलो तथा अन्तरक्रिया कार्यक्रमका क्रममा उम्मेदवार कानुले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ छापमा मतदान गर्न आग्रह गरे । विगत करिब तीन दशकदेखि व्यक्ति–केन्द्रित राजनीतिका कारण देश पछाडि परेको उल्लेख गर्दै उनले अब त्यस प्रवृत्तिको अन्त्य गरी जनताको प्रत्यक्ष शासन स्थापना गर्न परिवर्तन अपरिहार्य भइसकेको बताए ।

कानुले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई सुधार गर्दै नयाँ नेपालको बलियो आधार निर्माण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको स्पष्ट र व्यवहारिक रोडम्याप नै उपयुक्त विकल्प भएको दाबी गरे । पुराना दल र नेताहरूका खोक्रा आश्वासनले जनतामा निराशा बढेको उल्लेख गर्दै उनले अब परिणाममुखी र जवाफदेही राजनीतिको आवश्यकता रहेको बताए ।

छलफलका क्रममा स्थानीयवासीहरूले पनि वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै पुरानै अनुहार र दोहोरिने वाचा–प्रतिवाचाबाट आजित भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले देशमा वास्तविक परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखे ।

विशेषगरी युवा तथा जेन–जी पुस्ताले आफ्ना अपेक्षा पूरा गर्न सक्ने राजनीतिक शक्तिको खोजी गरिरहेको उल्लेख गर्दै उम्मेदवार कानुले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनविश्वास र समर्थन क्रमशः बढ्दै गएको बताए । स्थानीय युवाहरूले रास्वपालाई मतदान गर्ने प्रतिबद्धता जनाउनु उत्साहजनक रहेको उनको भनाइ थियो ।

घरदैलो अभियान र प्रत्यक्ष संवादमार्फत जनताको आवाज सुन्ने तथा उनीहरूको समस्या राष्ट्रिय संसदसम्म पुर्‍याउने प्रतिबद्धता जनाउँदै कानुले आगामी दिनमा चुनावी अभियान अझ सशक्त बनाइने जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय