spot_img

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

spot_img
spot_img

चितवन,१५ माघ । भरतपुर महानगरपालिका–१४ राधापुरस्थित नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदीको ज्यान गएको हो। नहरमा खसेर गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमै राखिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय