वीरगंज,१५ माघ – प्रेस सेन्टर नेपाल पर्सा आफ्नो २२ औं स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी निकालेको छ । वीरगंजको घण्टाघरमा सुरु भएको प्रभातफेरी बजारको मुख्य भागहरुको परिक्रममा गरी पुनः घण्टाघरमा कोण सभामा परिणत भएको छ ।
प्रेस सेन्टर नेपाल पर्सा शाखाको अध्यक्ष शिवननाथ यादवको अध्यक्षता सम्पन्न भएको कोण सभालाई नेपाल पत्रकार महासँघका केन्द्रीय लेखा आयोगका सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्साका अध्यक्ष ओमप्रकाश खनाल,समावादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतकाले सम्बोधन गरेका थिए ।
आफ्नो स्थपान दिवसको अवसर सेन्टर शाखा पर्साले वीरगंजस्थित ब्लडबैंकको कार्यालयमा आजै रक्तदान कार्यक्रमको समेत आयोजना गर्ने जनाएको छ । कार्यक्रममा पत्रकार महासंघ पर्साका कोषाअध्यक्ष संजिव मिश्रा, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष मनोज पटेल लगायतको पनि उस्थिती रहेको थियो ।




