spot_img

रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा बिहीबार पेसी

spot_img
spot_img

काठमाडौँ,१५ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले निर्वाचन आयोगद्वारा खारेज गरिएको आफ्नो उम्मेदवारीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले सुनुवाइको मिति तोकेको छ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गरिएको चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुनुवाइ हुने भएको हो।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीको उम्मेदवारी दर्ता भएको भए पनि आयोगको निर्णयपछि उनको उम्मेदवारी विवादमा परेको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय