spot_img

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

spot_img
spot_img

काठमाडौँ,१५ माघ । प्रतिकूल मौसमका कारण आज बिहान केही समय बन्द रहेको काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा खुला भएको छ।

विमानस्थलका अधिकारीका अनुसार आज बिहान ७:२० बजे कम दृश्यताको कारण विमानस्थल बन्द गरिएको थियो। तर १० बजे दृश्यता १,१०० मिटर पुगेपछि आरएनपीआर एप्रोच वाहक विमानहरूको लागि सञ्चालन पुनः सुरु गरिएको थियो। करिब ११ बजेदेखि एटीआर र जेट इञ्जिनसमेत आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भएको विमानस्थलले जानकारी दिएको छ।

विमानस्थल खुलेसँगै रोकिएका यात्रुहरूलाई सहजता भइरहेको छ। तर, मौसम प्रतिकूलता कायमै रहँदा नेपालगन्ज, जनकपुर, भरतपुर, तुम्लिङटार, घनगढी र राजविराजका आन्तरिक विमानस्थलहरू अझै बन्द छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय