spot_img

जनमुखी शासन स्थापनाका लागि घण्टी चिन्हमा मतदान गर्न सुशील कुमार कानुको अपिल

spot_img
spot_img

वीरगञ्ज, १५ माघ – पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बहुदरमाई नगरपालिका–२, बैरिया बिर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले बिहीबार बिहान स्थानीय बासिन्दा, समाजसेवी, सम्मानित व्यक्तित्व तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो अभियान तथा अन्तरक्रियाका क्रममा उम्मेदवार कानुले आउँदो प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको चुनाव चिन्ह घण्टीमा मत दिएर पार्टीलाई विजयी गराउन स्थानीय मतदातालाई आग्रह गरे ।

उनले विगत झण्डै तीन दशकदेखि व्यक्ति केन्द्रित राजनीतिले मुलुकलाई पछाडि धकेलेको उल्लेख गर्दै अब त्यो प्रवृत्तिको अन्त्य गरी जनताको सहभागितामा आधारित शासन व्यवस्था स्थापना गर्न परिवर्तन अपरिहार्य भइसकेको बताए ।

कानुले देशको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गर्दै नयाँ नेपालको मजबुत आधार तयार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको स्पष्ट र व्यवहारिक कार्ययोजना नै उपयुक्त विकल्प भएको दाबी गरे । पुराना दल तथा नेताहरूका बारम्बार दोहोरिएका आश्वासनले जनतामा निराशा बढाएको भन्दै अब जवाफदेही र नतिजामुखी राजनीति आवश्यक रहेको उनको भनाइ थियो ।

अन्तरक्रियाका क्रममा स्थानीयवासीहरूले पनि हालको राजनीतिक अवस्थाप्रति असन्तोष व्यक्त गर्दै पुरानै अनुहार र अधुरा प्रतिबद्धताबाट आफूहरू दिक्क भइसकेको बताए । उनीहरूले देशमा सार्थक परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व अपरिहार्य रहेको धारणा राखे ।

विशेषतः युवापुस्ता तथा जेन–जी वर्गले आफ्ना अपेक्षाअनुसार काम गर्न सक्ने राजनीतिक शक्तिको खोजी गरिरहेको उल्लेख गर्दै रास्वपाप्रति विश्वास र समर्थन दिनप्रतिदिन बढ्दै गएको कानुले बताए । स्थानीय युवाहरूले पार्टीलाई मतदान गर्ने प्रतिबद्धता जनाउनु उत्साहजनक रहेको उनको प्रतिक्रिया थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय