काठमाडाैँ,१५ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको प्रधानमन्त्री उम्मेदवारलाई नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित भेलामा उनले भने, “अबकाे प्रधानमन्त्री उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि हो। समाजलाई अहिले सबैभन्दा बढी सदभाव, सुशासन र समानता चाहिन्छ।”
शर्माले निर्वाचनमा हार–जित सामान्य प्रक्रिया भएको र कांग्रेसले आत्मालोचनासहित पार्टीलाई नयाँ युगतर्फ अघि बढाएको बताए।




