spot_img

सीके राउतलाई निर्वाचन आयोगले स्पष्टीकरण बुझाउन आग्रह

spot_img
spot_img

जनकपुर,१५ माघ । निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई निर्वाचन आचारसंहिता उल्लंघनको सम्बन्धमा स्पष्टीकरण बुझाउन पत्र पठाएको छ।

सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका राउतमाथि उजुरी परेको हो। उजुरीमा उनी आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक स्थानमा (चौबाटो) निर्वाचन चिन्ह र दलको झण्डाको तोरण बनाएर प्रदर्शन गरेको आरोप उल्लेख गरिएको छ।

निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाएको पत्रमा तीन दिनभित्र आफ्नो स्पष्टीकरण बुझाउन भनेको छ। पत्रमा राउतलाई सोधिएको छ कि उनी साँच्चै आफ्नो निर्वाचन क्षेत्रमा तोरण बनाएका थिए कि थिएनन् र उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा ९१० को खण्ड ९ (ज) र (ढ) को दृष्टिले प्रतिकूल हुन्छ कि हुँदैन भन्ने स्पष्ट पार्न।

निर्वाचन आयोगले यस प्रकरणमा उपयुक्त कारबाही अघि बढाउन स्पष्टीकरण प्राप्त गर्न आवश्यक ठानेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय