काठमाडाैं,१५ माघ । प्रेस चौतारि नेपाल पर्साको बैठक आज सम्पन्न भएको छ। बैठकले आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको जनाएको छ।
बैठकमा चौतारिका नेता–कार्यकर्तालाई उम्मेदवारको साथमा रहेर समाचार सम्प्रेषणमा सक्रिय भूमिका लिन जिम्मेवारी दिइएको छ। प्रमुख अतिथि एमाले पर्सा जिल्ला सचिव महेश दासले पत्रकारहरूको भूमिकाबारे निर्देशन दिएका थिए। बैठक अध्यक्ष निरञ्जन मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो।




