spot_img

श्रीमतीले नै योजनाबद्ध तरिकाले गरेकी थिइन् श्रीमान र सासुको हत्या

spot_img
spot_img

बारा,१५ माघ । बाराको परवानीपुरमा बुधबार मध्यराति २७ वर्षीय रामेश्वर महतो मण्डल र उनकी आमा ४८ वर्षीय सुमित्राको हत्या भएको छ। प्रहरीले अनुसन्धानको क्रममा मृतक छोराकी श्रीमती मनिताले योजनाबद्ध रूपमा आफ्नै श्रीमान र सासुको हत्या गराएको पत्ता लगाएको छ।

मनितालाई घरबाटै पक्राउ गरिएको थियो। सोधपुछमा उनले हत्या आफ्नो योजनामा भएको खुलासा गरेकी छन्। घटनामा २० वर्षीया नन्द रीना कुमारी मण्डल र ५४ वर्षीय ससुरा जगरुप महतो घाइते भएका छन्। उनीहरूको परवानीपुर एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले आरोपी मनितासँगै उनको सहयोगी, २७ वर्षीय धर्मेन्द्र महतोलाई पनि पक्राउ गरेको छ। अनुसन्धानमा धर्मेन्द्र र मनिताबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। धर्मेन्द्र वैदेशिक रोजगारीबाट केही महिनाअघि घर फर्किएका थिए।

मनिताले गत साउनदेखि घर छाडेकी थिइन् र काठमाडौं बस्दै आएकी थिइन्। उनी आफ्ना दुई छोरी घरमै छोडेर गएको बताइएको छ। हत्या गर्न राति प्रेमी र उनका सहयोगीलाई मनिताले घरको पछाडिको ढोका खोलिदिएको आशंका गरिएको छ।

घटनापछि छिमेकीको ध्यान गएपछि घरमा दुई शव र दुई घाइते फेला परे। धर्मेन्द्रलाई पछि वीरगञ्जबाट पक्राउ गरिएको हो। प्रहरीले हत्यामा धर्मेन्द्रबाहेक अन्य व्यक्तिहरूको संलग्नता पनि पत्ता लगाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय