spot_img

जेन–जी आन्दोलनपछि कांग्रेसलाई रुपान्तरण गर्न सफल भयौँ : विश्वप्रकाश शर्मा

spot_img
spot_img

काठमाडौँ,१५ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन(जी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरी प्रतिनिधिसभा निर्वाचनको तयारी अघि बढाउन सफल भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनोटसम्मको प्रक्रियामा सबै पक्षलाई सन्तुलन मिलाएर न्यायोचित टिकट वितरण गरिएको दावी गरे। उनले भने, “अघिल्लो निर्वाचनको तुलनामा १६५ मध्ये १०६ क्षेत्रमा नयाँ अनुहार पठाइएको छ। महिला उम्मेदवारको संख्या पनि केही बढाइएको छ र आगामी दिनमा अझ वृद्धि हुनेछ।”

शर्माले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको र उम्मेदवारबीच बहस भए कांग्रेसले आवश्यक स्थानमा पठाउन तयार रहेको बताए। उनले पार्टीको आचारसंहिता गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

कार्यक्रममा उनले विकासका उपलब्धि र चुनौतीबारे पनि चर्चा गरे। शर्माले गाउँगाउँमा खानेपानीको पहुँच बढेको, विद्युत् र सञ्चार क्षेत्र सुधार भएको तर अझै प्रगति आवश्यक रहेको बताए। उनले कांग्रेसका कमजोरी स्वीकार्दै भने, “हामीले गर्न नसकेका कामका कारण केही मतदाता र युवा पुस्ता रुष्ट भएका छन्। ३४ वर्षमा ३० वटा सरकार बने पनि नागरिकले वास्तविक परिवर्तन अनुभव गर्न सकेनन्।”

उपसभापति शर्माले पार्टीको घोषणपत्र छिट्टै सार्वजनिक गरिने पनि जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय