spot_img

भक्तपुरमा तीन सवारी ठोक्किँदा एकको मृत्यु, एक घाइते

spot_img
spot_img

भक्तपुर,१५ माघ । कमलविनायक बसपार्क नजिक भएको सडक दुर्घटनामा तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक घाइते भएका छन्।

जिल्ला प्रहरी भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार, कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२ (०२० प ११६८) नम्बरको स्कुटरसँग ठोक्किएको थियो। त्यसपछि सोही दिशाबाट आएको प्रदेश ३ (०१(००३ क ६२९१) नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक २६ वर्षीय बिमल वनमाला उपचारकै क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएका छन्। मोटरसाइकल चालक २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार रहेका टिपर चालक २५ वर्षीय राजकुमार माझीलाई सिन्धुपाल्चोकबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीमा राखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय