spot_img

सप्तरीमा आचारसंहिता उल्लंघन सामग्री हटाइयो

spot_img
spot_img

जनकपुर,१५ माघ । सप्तरीको राजविराज नगरपालिकामा उम्मेदवार र राजनीतिक दलहरूले लगाएका निर्वाचन आचारसंहिता विपरीतका चुनाव चिन्ह, तोरण र पोस्टर जिल्ला आचारसंहिता अनुगमन समितिले बुधबार हटाएको छ।

समितिका संयोजक तथा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेका अनुसार, उम्मेदवार र दलका प्रतिनिधिसँग सामग्री हटाउने सहमति भए पनि उनीहरूले २४ घण्टाभित्र काम नगरेकाले समितिले स्वयं चोक–चोकमा राखिएका सामग्री हटाएको हो।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ४ गते राति १२ बजेदेखि आचारसंहिता लागू गरेको छ। तर, कतिपय उम्मेदवार र दलका नेताहरूले सरकारी भवन, विद्यालय, स्मारक, सडक पोल र अन्य सार्वजनिक स्थलमा तोरण, झण्डा, चिन्ह र पोस्टर टाँस्दा आचारसंहिता उल्लंघन भएको पाइएपछि यस कारबाही गरिएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय