spot_img

५०० किलो गाँजासहित १० जना पक्राउ, ट्र्याक्टर नियन्त्रणमा

spot_img
spot_img

भोजपुर,१६ माघ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट प्रहरीले ५०० किलो गाँजासहित १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठसहित अन्य नौ जना रहेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार शङ्कास्पद गतिविधिमा संलग्न देखिएपछि नियन्त्रणमा लिइएका हुन्। प्रहरी टोलीले ना ७ त ३५० नम्बरको ट्र्याक्टर जाँच गर्दा ४३ वटा बोरामा राखिएको ठूलो परिमाणको गाँजा फेला पारेको थियो।

पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ। प्रयोगमा आएको ट्र्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय