spot_img

परराष्ट्र मन्त्रालयद्वारा एनआरएनए विश्व सम्मेलन तयारी समिति गठन

spot_img
spot_img

काठमाडौँ,१६ माघ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि उच्चस्तरीय आयोजक समिति गठन गरेको छ। आगामी मार्च महिनामा नेपालमा आयोजना हुने विश्व सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको हो।

परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिको अध्यक्षता परराष्ट्र मन्त्री बालानन्द शर्माले गर्ने मन्त्रालयले जनाएको छ। सम्मेलनको सम्पूर्ण तयारी, समन्वय र व्यवस्थापन समितिको जिम्मेवारी रहनेछ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार सम्मेलनमा विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्न उच्चस्तरीय समिति बनाइएको हो। समितिमा राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतका उच्च अधिकारीहरू समेटिएका छन्।

समितिमा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा र आर्थिक कूटनीति महाशाखाका सह–सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू तथा एनआरएनएका वर्तमान र पूर्व अध्यक्षहरू समेत सहभागी छन्। समितिका अन्य सदस्यहरूमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू रहेका छन्।

यसैबीच, सम्मेलनका क्रममा हुने निर्वाचन प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने प्रस्ताव परराष्ट्र मन्त्रालयले अघि सारेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय