spot_img

कलैयाकाे हिमानी पार्टी प्यालेसमा युवक मृत फेला

spot_img
spot_img

बीरगन्ज,१६ माघ । बाराको कलैया उपमहानगरपालिका–५, दरबार टोलस्थित हिमानी पार्टी प्यालेसमा आज बिहान ३५ वर्षीय युवक शैलेन्द्र ठाकुर मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बीरगन्जस्थित नवील बैंक बीरगन्ज शाखामा मार्केटरका रूपमा कार्यरत ठाकुर पार्टी प्यालेसको कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा भेटिएका थिए। घटनास्थल पुगेर प्रहरी टोलीले उनलाई मृत भएको पुष्टि गरेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक ठाकुर सप्तरीका मूल निवासी हुन् र हाल पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–प्रगति नगरमा बसोबास गर्दै आएका थिए। सोही कोठामा जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी राजेश नेपाल पनि उपस्थित रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा दुवै जनाले राति कोठाभित्र नाकमार्फत ‘खैरो जस्तो देखिने पदार्थ’ सेवन गरेको खुल्न आएको छ। प्रहरीले ठाकुरको मृत्यु उक्त पदार्थको सम्भावित ओभरडोजका कारण भएको आशंका गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेकाे छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय