spot_img

मधेश साहित्य महोत्सव दोस्रो दिन: शिक्षा र गाउँका मुद्दामा बहस

spot_img
spot_img

वीरगन्ज,१६ माघ । वीरगन्जस्थित मधेश विश्वविद्यालय परिसरमा बिहीबारदेखि सुरु भएको मधेश साहित्य महोत्सव २०२६ आज दोस्रो दिनमा प्रवेश गरेको छ। आजका कार्यक्रम बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुनेछन्।

दोस्रो दिनको सुरुवात ‘शिक्षा, स्वास्थ्य र समानता’ विषयक सत्रबाट हुनेछ। डा. चितरंजन साह, अरविन्द लाल कर्ण, आर्या रावल र आमोद प्याकुरेलले आफ्नो विचार प्रस्तुत गर्नेछन्। सत्रको सहजीकरण सूर्यनारायण वि.क.ले गर्नेछन्।

११ देखि १२ बजेसम्म ‘गाउँ: संघर्ष र संरचना’ सत्र सञ्चालन हुनेछ। यसमा विजयकान्त कर्ण, हरि शर्मा र राम पुकार महराले धारणा राख्नेछन्। डा. भास्कर गौतम सत्रको सहजकर्ता रहनेछन्। १२ देखि १ बजेसम्म ‘गाउँ: विकास बनाम विनाश’ विषयक तेस्रो सत्र हुनेछ। बिक्रम यादव, मधुकर उपाध्याय, जीवन क्षेत्री र निला राम वक्ताका रूपमा सहभागी हुनेछन्। राजेन्द्र सिंह राजपुत सत्रको सहजकर्ता रहनेछन्।

दिउँसो १ देखि २ बजेसम्म ‘गाउँका खबर, खबरका गाउँ’ विषयक चौथो सत्र आयोजना हुनेछ। ओमप्रकाश खनाल, जगदीश शर्मा र माधवी कर्ण सहभागी हुनेछन् भने सहजीकरण सलमा खातुनले गर्नेछिन्। २ देखि ३ बजेसम्म ‘गाउँ: काल र आज’ शीर्षकको पाँचौँ सत्रमा प्रमोद पाण्डे, शिवनन्दन जैसवाल, आनन्द गुप्ता र पवन राजवंशीले आफ्नो धारणा राख्नेछन्। सत्रको सहजकर्ता रिना चौधरी रहनेछिन्।

साँझ ३ देखि ४:३० बजेसम्म बहुभाषिक कवि गोष्ठी हुनेछ भने ४:३० देखि ६ बजेसम्म नेटुवा नाच, गीत र नाटक प्रस्तुति हुनेछ। मधेश साहित्य महोत्सव ‘गाउँ मन्थन: सपनाको बेर्ना जोगाउन साहित्य’ भन्ने नारासहित माघ १७ गतेसम्म सञ्चालन हुनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय