spot_img

नेपाल कावेरी एकेडेमीको १२औँ वार्षिकोत्सव सम्पन्न

spot_img
spot_img

बीरगन्ज,१८ माघ । नेपाल कावेरी एकेडेमीले आफ्नो १२औँ वार्षिकोत्सव समारोह उत्साह, गौरव र सांस्कृतिक रौनकका साथ सम्पन्न गरेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा प्रस्तुत विविध कार्यक्रमहरूले समारोहलाई अर्थपूर्ण र स्मरणीय बनाएको थियो ।

समारोहमा विद्यार्थीहरूले विभिन्न समुदाय र संस्कृतिको प्रतिनिधित्व गर्ने आकर्षक सांस्कृतिक नृत्य, सुमधुर गीत, वाद्ययन्त्रको मनमोहक प्रस्तुति तथा ज्येष्ठ नागरिकप्रतिको सम्मान र मानवीय संवेदनशीलता झल्काउने वृद्धाश्रम विषयक नाटक प्रस्तुत गरेका थिए, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका अध्यक्ष श्याम तुल्स्यान रहनु भएको थियो । कार्यक्रममा शिक्षा विभागका हरि राउत, मानवसेवा आश्रमका देवेश प्रसाद, प्रेस समुदायका युवराज खड्का, केडिया आँखा अस्पतालका सुजित मेहता, अभिभावक संघका अध्यक्ष सन्दीप साह तथा विद्यालयकी व्यवस्थापन निर्देशक आयुषी तुल्स्यानको विशिष्ट उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै प्रधानाध्यापक दिलीप गुप्ताले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा विद्यालयका शैक्षिक उपलब्धि, गुणस्तरीय शिक्षाका पहल तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि थप गरिएका सेवा र सुविधाबारे जानकारी दिइएको थियो ।

यस अवसरमा विद्यालयमा दीर्घकालीन समर्पण र उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई सम्मान गरिएको थियो । विद्यालयमा १२ वर्ष निरन्तर सेवा प्रदान गर्नुभएको उप–प्रधानाध्यापक प्रफुल सर्राफलाई विशेष सम्मान प्रदान गरियो भने प्रशासनिक कार्यमा निरन्तर सहयोग र प्रतिबद्धताका लागि अनुष्का झालाई सम्मानित गरियो ।

त्यस्तै, नृत्य विधामा विद्यार्थीहरूलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरेका जय रजक, बसन्त पञ्चमीको अवसरमा विज्ञान प्रदर्शनीसहित ‘साइन्स कर्खाना’ कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका हिरालाल यादव, तथा कला क्षेत्रमा दक्षता र प्रेरणादायी मार्गदर्शन प्रदान गरेकी ईशा अग्रवाललाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय