spot_img

जेन–जी आन्दोलनपछिको संकटबाट मैले र माधव नेपालले देश जोगाएका हौं : प्रचण्ड

spot_img
spot_img

काठमाडाै,२९ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा देशलाई अहिलेको संकटबाट जोगाउन आफू र सहसंयोजक माधव नेपालले विवेकपूर्ण पहल गरेको बताएका छन्।

प्रचण्डले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै, “त्यसबेला उद्देश्य केवल जलाउने र लुट्ने मात्र थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने योजना थियो। हामीले त्यसलाई रोक्यौं,” उनले बताए।

उनले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी हस्तक्षेपमा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्तिलाई बलियो बनाउन चाहनेबीचको लडाइँ भएको बताए। प्रचण्डले विदेशी प्रभाव र भू-राजनीतिक जोखिमप्रति नागरिक सचेत रहन आग्रह गर्दै, “नेपालको भूगोल ठूला शक्तिको द्वन्द्वका लागि प्रयोग हुन नदिनु हाम्रो प्राथमिकता हो,” भने।

उनले बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाको विकासमा जोड दिने योजना अघि सारेका छन्। बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेललाई टिकट दिन पाउँदा आफू गर्वित भएको उल्लेख गर्दै निर्वाचनमा मतदातालाई सक्रिय हुन र देशको स्वाधीनता रक्षा गर्न आह्वान गरे।

कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा की नेतृ पफ्फा भुसाल र बागलुङ–२ का उम्मेदवार गैरेलले पनि सम्बोधन गर्दै वामपन्थी तथा राष्ट्रवादी शक्तिहरू एकजुट भएर देशको संविधान र स्वाधीनता बचाउनुपर्नेमा जोड दिएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय