spot_img

सत्ता कब्जा गर्नेले मात्र निर्वाचन अनिवार्य चाहन्छन : दुर्गा प्रसाईं

spot_img
spot_img

काठमाडौं,२९ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै देश, धर्म र संस्कृति जोगाउने जिम्मेवारीमा सक्रिय पत्रकारिता आवश्यक रहेको बताएका छन्। उनले चेतावनी दिँदै भने, “यदि हामी सबैजना मिलेर देश जोगाउन लागेनौं भने डरलाग्दो परिस्थितिको सामना गर्न तयार रहनुपर्छ।”

प्रसाईंले वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचन केवल सत्ता कब्जा गर्ने समूहका लागि मात्र अनिवार्य गरिएको बताए। “नेपालका ९० प्रतिशत जनतालाई निर्वाचन आवश्यक छैन। तर सत्ता कब्जा गर्नेहरूले मात्र चुनाव अनिवार्य बनाएका छन्,” उनले भने।

उनले भदौ २३–२४ का घटनामा संलग्न व्यक्तिहरूको दोषको सवाल उठाउँदै, “बच्चा मार्न आदेश दिने प्रहरी अधिकारी रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी ओली जति दोषी छन्, त्यहि बन्द कोठाभित्र योजना बनाउने अन्य जिम्मेवारहरू पनि उति नै दोषी हुन्। दुबै पक्षको कारबाही हुनुपर्छ,” उनले जोड दिए।

साथै प्रसाईंले काठमाडौंका मेयर सोविता गौतमसहित अन्य कर्तूतहरूको भिडियो चुनावअघि सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन्। उनले वर्तमान निर्वाचन र राजनीतिक नेतृत्वलाई जनता नजिकबाट समीक्षा गर्न आवश्यक रहेको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय