काठमाडौं,२९ माघ । भरतपुर अस्पतालले फागुन ३ र ७ गते ओपिडी सेवा बन्द रहने जनाएको छ। महाशिवरात्रि र प्रजातन्त्र दिवसका सार्वजनिक बिदाका कारण ती दिन नियमित बाह्य बिरामी सेवा सञ्चालन नहुने अस्पतालले जनाएको हो।
अस्पतालले जारी गरेको सूचनाअनुसार फागुन ६ गते पर्ने ग्याल्पो ल्होसारका दिन भने ओपिडी तथा ओटी सेवा दिउँसो १ बजेसम्म सञ्चालन गरिनेछ। यद्यपि, इमरजेन्सी तथा अन्तरंग (इनडोर) सेवा भने नियमित रूपमा २४सैँ घण्टा सञ्चालनमा रहने अस्पतालले स्पष्ट पारेको छ।




