spot_img

बलिदान दिने सहिद र घाइते योद्धालाई सम्मान गर्दछु : जनार्दन शर्मा

spot_img
spot_img

काठमाडौँ,०१ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक जनार्दन शर्माले २१ औँ शताब्दीको उथलपुथलकारी आन्दोलनको उद्देश्य सुशासन, समृद्धि र समानता रहे पनि त्यो पूरा हुन नसकेको बताएका छन् । ३१ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै विगतमा पार्टी नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘नेपाली समाजको युगान्तकारी विद्रोह महान् जनयुद्ध, सामन्तवादको अन्त्य, समावेशी सङ्घीय गणतन्त्रको स्थापनाको जग हाल्दै सात राजनीतिक दल समेतको सहभागितामा दोस्रो जन आन्दोलन, संविधान सभा हुँदै नयाँ संविधान मार्फत प्राप्त उपलब्धिसहित महान् जनयुद्धको आज ३१औ वर्षगाँठको अवसरमा छौ । यस महान् प्रक्रियामा बलिदान गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, बेपत्ता योद्धा, घाइते योद्धाहरूमा उच्च सम्मान व्यक्त गर्दछु । ‘

संविधान र राष्ट्रको रक्षा गर्दै नव युवाको अपेक्षा पुरा गर्ने चुनौती एकसाथ देखिएको उल्लेख गर्दै उनले २१ फागुनको निर्वाचन सफलता पूर्वक सम्पन्न गरी नेपाली राजनीतिलाई जन अपेक्षा अनुसार अगाडि बढाउने जिम्मा जनताको हातमा आएको उल्लेख गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय