spot_img

बदलिएको कांग्रेसले मात्र मुलुक रूपान्तरण गर्छ: डा. चन्द्र भण्डारी

spot_img
spot_img

काठमाडाै,०१ फागुन । डा. चन्द्र भण्डारीले मुलुकको दिगो र सकारात्मक परिवर्तनका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन्।

तम्घासमा आयोजित कार्यक्रममा बोल्दै उनले रूपान्तरित कांग्रेसले मात्र देशलाई सही दिशामा अघि बढाउन सक्ने दाबी गरे। आम नागरिकका समस्या समाधान गर्न कांग्रेस सक्षम रहेको उल्लेख गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन अपिल गरे।

उनका अनुसार पार्टी अहिले युवाको भावना र अपेक्षाअनुसार रूपान्तरणको प्रक्रियामा अघि बढिरहेको छ। “युवाहरूका प्रश्नको उत्तर कामबाटै दिनुपर्छ, र त्यसका लागि कांग्रेस प्रतिबद्ध छ,” उनले भने।

भण्डारीले पार्टीका सभापति गगन कुमार थापालाई प्रधानमन्त्री बनाउन सके मुलुकले स्पष्ट निकास पाउने धारणा राखे। देशमा सद्भाव, सुशासन र समुन्नति कायम गर्न कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउनुपर्ने उनले जोड दिए।

गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवारसमेत रहेका भण्डारीले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी, सञ्चार र विद्युतलगायतका क्षेत्रमा कांग्रेसले स्पष्ट योजना ल्याएको बताए। देश र जनताको हितमा आफू सधैँ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले समुन्नत नेपाल निर्माणमा कांग्रेसको विकल्प नरहेको दाबी गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय