spot_img

चार दल र ४५४ उम्मेदवारले मात्र बैंक खाता खोले

spot_img
spot_img

काठमाडौं,०१ फागुन ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म केवल चार दल र ४५४ उम्मेदवारले मात्र छुट्टै बैंक खाता खोलिसकेका छन्। निर्वाचन आयोगले चुनावी प्रचारका लागि छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको थियो।

बैंक खाता खोलेका दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रहेका छन्।

निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार ४५४ उम्मेदवारले छुट्टै बैंक खाता खोलिसकेका छन् र त्यसमार्फत आफ्नो चुनावी कारोबार सुरु गरेका छन्।

यस पटकको निर्वाचनमा देशभर कुल ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय